दिपक बोहरा / तुलसीपुर ९ कात्तिक । जिल्ला प्रशासन कार्यालय दाङले मंगलबार तुलसीपुरका बिभिन्न पसलहरुको अनुगमण गरेको छ । अनुगमणका क्रममा १० लिटर घरपालुवा रक्सी र केही म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ । अनुगमण टोलीले तुलसीपुरको बिरेन्द्र चोक नजिकैबाट संचालनमा आएको भुसाल होटेलबाट १० लिटर घरपालुवा रक्सी बरामद गरेको छ ।
त्यस्तै सोही ठाउको रुवी स्टोरबाट म्याद गएको चाउमिनमा राख्ने मसला र खनाल किराना पसलले म्याद नाघेका सेन्चुरी मसला र रारा चाउचाउ बेच्ने गरेको पाईएको छ । ती पसलमा भेटिएका म्याद नाघेका बस्तु टोलीले बरामद गरी नष्ट गरेको छ । टोलीले तुलसीपुरका १४ वटा पसलहरुमा मंगलबार अनुगमण गरेको छ । दाङका साहयक प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालको नेतृत्वमा आएको अनुगमण टोलीले तुलसीपुरका दैनिक उपभोग्य बस्तु तथा होटेलहरुमा अनुगमण गरेको हो ।
चाडपर्बको समयमा म्याद गएका सामाग्री बेच्ने तथा अबैद्य रुपमा पसलहरु संचालन हुने क्रम बढेकाले अनुगमण गरिएको दुलालले बताए । उनले अनुगमण पस्चात राप्ती समाचार संग कुरा गर्दै ‘ चाडपर्बको समयमा म्याद नाघेका बस्तु बिक्रि बितरण बढि हुने गरेको र त्यसबाट उपभोक्ताहरुको स्वास्थ्यमा असर गर्ने भएकाले अनुगमण गरिएको बताए । अनुगमणबाट म्याद नाघेका तथा अखाद्य बस्तु बरामद गर्ने तथा त्यस्ता सामान बेच्नेलाई कारबाही गर्ने हो भने उपभोक्ता पनि सचेत भएर म्याद गएको नगएको हेरेर मात्रै सामान किन्ने उदेश्य रहेको उनले बताए । उनले उपभोक्तालाई पनि सामान किन्दा म्याद नाघेका ननाघेका बस्तु हेरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरका छन् ।
चाडपर्बको समयमा अखाद्य बस्तुको बिक्रि बितरण बढि मात्रामा हने भएकाले त्यस्लाई रोक्न जिल्ला प्रशासन कार्यालय दाङले दाङका बजारमा अनुगमणलाई तिब्र दिएको छ । अनुगमण गरिएका अधिकांस पसलले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नगरेरै पसल संचालन गरेको भेटिएको छ ।
तुलसीपुरका अधिकांस पसलले दोस्रो पटक अनुगमण गर्दा समेत घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नगेरै संचालन गरेको पाईएको साहयक प्रमुख जिल्ला अधिकारी दुलालले बताए । अनुगमणका क्रममा केही होटेलहरु सफा नभएको भन्दै उनीहरुलाई सफा गर्न आग्रह गरिएको थियो । यदि अटेर गरेमा कानुन अनुसार कारबाही गरिने दुलालले बताए ।
टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उम वहादुर वली, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लोकनाथ तिमिल्सिना, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल, महासचिव नेत्रलाल वली , तुलसीपुर नगरपालीकाका खेमकान्त पाण्डेलगायतको सहभागीता रहेको थियो ।





