दाङ, ९ असोज । माटोका भाँडा नर्माण गर्दै आएका दाङका कुमाल समुदायहरुले आफ्नो पेशा संकटमा पर्दै गएको गुनासो गरेका छन् । आफ्नो पुर्खयौली पेसा सङ्कटमा पर्न थालेपछि आफ्नो पहिचान गुम्ने चिन्तामा रहेको तुलसीपुर– १५ पर्सेनीका गोपाल कुमालले गुनासो गरे ।
माटोका भाँडा बनाउनका लागि आबश्यक पर्ने कच्चा पदार्थ अभाब तथा बजारमा माटोका भाँडाको माग घट्दै जादा आफुहरुको पुर्खेउली पेशा संकटमा पर्दै जान थालेको कुमालले बताए ।
उनले भाँडा निर्माण गर्नका लागि आबश्यक पर्ने माटो, दाउरा, पराल, गुइँठा लगायत कच्चा पदार्थको अभाव हुदै जाँदा पनि भाँडा निर्माण कार्य प्रभाबित बन्दै गएको बताए । पछिल्लो समय बजारमा माटोबाट निर्माण गरेका सामाग्रीको माग पनि घटदै जानुले पेशा संकटमा पर्न थालेको उनको भनाई छ ।
कुमालले घैटा, भित्ते गमला ,भित्ते मुर्ति, वाघ गमला, वोक्सी मन्साउने पाला, चौरासी भुर्का ,घोडा,सत्तेर , खुत्रुकी , राघावाला मुर्ति, सानो ठुलो पाला,बनाएर घरमै थन्काएर राख्नु परेको गुनासो गरे । दसैँको नवदुर्गा देखी छड सम्म माटोका भाँडा बिक्रि हुने समय भएपनि हिजो आज उल्लेख्य रुपमा बिक्रि नहुने गरेको कुमालको भनाई छ ।
उहाँले तिहारको समयमा १ दर्जन पाला लैजाने ग्रहाकलाई २ वटा पाला सित्तैमा दिदै आएको उनले जानकारी दिए । दाङको प्रसेनीका कुमाल समुदायले पुर्खौ देखी माटोका भाँडा बनाउदै आएका थिए ।
