जनक नेपाली
दाङ, तुलसीपुर ४ का स्थित पवित्रा बादीको घरको वातावरण यतिवेला रमाईलो छ । रातो माटोले लिपेको घर घपक्कै फूलेका सयपत्री फूलले नयाँ बस्तिमा पुग्ने जो कसैको मन कसो नछोला र ! तिहार आएसंगै गाउँ घरमा मादल खोज्न आउनेहरुको ओहोरदोहोरले गाउँनै रमाईलो बनाउँदै लगेको स्थानिय पवित्रा बादीले वताउँनुभयो ।

madalतिहारमा खेलिने देउसी भैलोमा मादलको प्रयोग बढीहुने हुँदा यो बर्षको तिहारमा मादल खोज्न आउँनेको संख्या मा बृद्धि भएको पवित्राले वताउनुभयो । अन्य चाडपर्वमा बनाउन फाट्टफुट्ट ग्राहकहरु आउने गरेपनि तिहार नजिकिए संगै मादल बनाउनेहरुको भिड लाग्ने गरेको छ । दैनिक तीन ÷चारवटा मादल तयार गरी विक्री गर्दै आएको वताउदै पवित्राले एउटा मादल विक्री गरे वाफत दैनिक एक÷दुईहजार रुपैयाँ सम्म आम्दानी गर्न सफल भएको वताउनुभयो ।तिहारमा मादलको माग अत्याधिक वढेका कारण यसवर्षको तिहारमा मादल वनाउन भ्याईनभ्याई भएको पवित्राले वताउनुभयो

दशंै तिहार, माघी तथा अन्य पूजा,पर्वहरुमा नयाँ मादल खरिद गर्ने र पुराना मादल मर्मत गर्नेहरुकै कारण आफ्नो जीविका पार्जन गर्दै आएको भनाई छ। मादल बनाएरै सिजनमा ४० देखि ५० हजार आम्दानी गर्न सफल भएको छु उहाँले भन्नुभयो । चाडपर्वको समयमा निकै राम्रो आम्दानी हुन्छ तर , बर्षभरी यसरी आम्दानी भएमा परिवार पाल्न सहज हुन्थ्यो । पछिल्लो पुस्ताले मादल बनाउने पेसा छोड्दै जानु र दुई ÷चार जनाले मात्र मादल बनाउने पेसा अंगाल्दा मादल वनाउँने पेसा लोप हुदै गएको स्थानिय सुरेश बादीले उल्लेख गर्नुभयो ।

मादल बनाउन आवश्यक पर्ने कच्चापद्धार्थको अभावले यो पेसा सङ्कटमा परेको शुरेसले वताउनुभयो । मादलको घम बनाउँन प्रयोग गरिने खमारी , सिउडी, वाख्राको छाला, लगायतका सामाग्रीको अभावमा पेसालोप हुने अबस्था रहेको शुरेसको भनाई छ। नयाँबस्तिमा उत्पादित मादल दाङ, नेपालगंञ्ज, वुटवल, काठमाण्डौ , पोखरा लगायतका विभिन्न स्थानबाट मादलको माग बढेपनि उपलब्ध गराउन सकिएको छैन ।

बादी समुदायका युवायुवतीले पेशा परिवर्तन गरेर नयाँ पेशाहरु अंगालेका कारण पनि समस्या देखिएको उहाँले वताउनुभयो । । मादल बनाउँने शिप हुदाहुदै पनि आर्थिक अबस्था कमजोर हुदा धेरै मान्छेले मादल बनाउँने पेसावाट पलायन हुदै छन् त्यसले हाम्रो सिप र परम्परा लोप हुने अबस्थामा छ सुरेशले भन्नुभयो । परम्परागत मादल बनाउने पेसा आधुनिकरण गर्नका लागि राज्यले लगानी गर्नका लागि सहयोग गर्नुपर्ने उहाँको माग छ।