काठमाडौं, ९ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि भियतनामी राजदूत टोनसिङ थान्हले शिष्टाचार भेट गरेका छन् ।

dsc9933-848x478आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र भियतनामबीचको आपसी सम्बन्ध र द्वीपक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपाल र भियतनामबीच लामो र मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । प्रधानमन्त्रीले पछिल्लो समय नेपाल र भियतनामबीचको सम्बन्धमा निकटता बढेकोमा खुसी व्यक्त गरे ।

भेटमा भियतनामी राजदूत थान्हले नेपाल र भियतनामबीच उच्चस्तरीय राजनीतिक भेटघाट गरेर दुई देशबीचको सम्बन्ध थप सुदृढ पार्नुपर्नेमा जोड दिए ।