इन्द्रेणी संवाददाता
दाङ, ३१ बैशाख । अत्याधुनिक प्रविधि प्रयोग भएको चलचित्र पर्शुरामको सुटिङ दाङमा चलिरहेको छ । ब्ल्याक चिल्ली इन्टरटेन्मेन्टको ब्यानरमा रहेको चलचित्रको एन आर घिमिरेले निर्देशन गरिरहनु भएको छ छ ।
सामाजिक विकृति र विसंगतिको अन्त्य गर्न एउटा नायक पर्शुरामको भुमिकामा नायक किशोर खतिवडा हुनुहुन्छ । नायक खतिवडा वर्दीविनाको प्रहरीको रुपमा रहेको र समाजका विकृति विसंगतिविरुद्ध आवाज वोल्ने पात्र रहेको निर्माण पक्षले इन्द्रेणी अनलाइनलाइ जानकारी दिएको छ ।
चलचित्रमा नायिकाको रुपमा कलाकार जाहान्वी वस्नेत रहनुभएको छ । महेन्द्र वुढाथोकी र राज भक्त रानाको निर्माणमा वन्न लागेको चलचित्रको करीव ६० प्रतिशत सुटिङ सम्पन्न भएको नायिका वस्नेतले जानकारी दिनुभएको छ ।
चलचित्रको सह निर्मातामा यादव सैघाली, कार्यकारी निर्मातामा सबिन प्रियासन रहनुभएको निर्माता महेन्द्र वुढाथोकीले जानकारी दिनुभयो । अव ४० प्रतिशत सुटिङ वाँकी रहेको चलचित्र पर्शुरामको कलाकारहरु शुशिल पोख्रेल, घनश्याम गिरी, सजल जंग केसी, धुर्वराज अधिकारी, नबराज रावत, स्वस्ती क्षेत्री र सहडाइरेक्टरमा धनिशा अधिकारी रहनुभएको छ ।।