इन्द्रेणी संवाददाता
दाङ, १ जेठ
दाङमा भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । गएराति करिब सवा १२ बजे रैसिङ खोला स्थित अन्दाजि ७० बर्षिय बृद्धको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृतको नाम तथा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । यस्तै, पुर्ब पश्चिम राजमार्गको हासिपुर १ बाट सिसनियातर्फ फर्कदै गर्दा रा १ त २००३ नम्बरको ट्याक्टर दुर्घटना हुदा सोहि ठाउका ३६ बर्षिय राज कुमार चौधरी गम्भिर घाईते हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी प्रकाशराज शर्माले अनुसार घाईतेको अहिले बुटवलमा उपचार भैरहेको छ ।।











