
इन्द्रेणी संवाददाता
रुकुमका तीनवटा सडक योजनाका लागि ६० करोड बजेट स्वीकृत भएको छ । आपूर्तिमन्त्री एवं रुकुम १ का सांसद गणेशमान पुनको बिशेष पहलमा ती सडक योजनामा बजेट स्वीकृत भएको हो । जसअनुसार चुनवाङ–रुकुमकोट–सिस्नेरी योजनाका लागि २० करोड र बालुवा–तकसेरा–ढोरपाटन–म्याग्दी सडकका लागि २० करोडको बहुबर्षीय बजेट स्वीकृति भएको छ । यसबाट रुकुमको सडक सञ्जाल बिस्तारमा नयाँ आयाम थपिने छ ।
यसका साथै रुकुमकै फलामेगौंडा–पिपल–पोखरा–प्वाङ–सिस्ने–डोल्पा सडकका लागि २० करोड बजेटसहित बहुबर्षीय कार्यक्रम सडक डिभिजन कार्यालय चौरजहारी पुगिसकेको मन्त्री पुनले जानकारी दिनुभएको छ । योसँगै रुकुममा तीन वटा सडक योजनामा ६० करोड बजेट आएको छ ।
