सि .पि. पोख्रेल
इपिएसबाट दक्षिण कोरियामा काम गर्न गएका जय राईको सुतिरहेकै ठाउँमा अचनाक मृत्यु भएको शुक्रबार विहान थाहा भएको छ । सउलदेखि उत्तर तर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई विहिबार राती राम्रै सुतेको विहान अचानक मृत भेटिएको नजिकैका साथी सन्दिप दर्लामीले जानकारी गराए । राती १२ बजेसम्म फोनमा गफ गरेपछि सुतेका थिए ।
संधै विहान साढे ६ बजे उठ्ने राई आज विहान ६ बजेर ४० मिनेट जादा पनि नउठेपछि उठाउदा चिसो र निलो भइसकेको संगै सुतेका प्रकाश खनालले जानकारी गराए । राई सोमबार तिर रुघा खोकी लागेको भन्दै ओभर टाइम काम नगरे पनि विहिबार भने रातको ८ बजेसम्म काम गरेर खाना खाई राम्रै सुतेका थिए । नेपाल पाँचथर घर भएका राई अविवाहित हुन् । उनी १ वर्ष अघि कोरिया काम गर्न आएका थिए । नेपाल दुतबासका श्रमसहचारीलाई घटनाबारे जानकारी गराइ सकेका छन् ।