मस्को। रुसको साइबेरियामा हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु छ । शुक्रबार राति २२ जना यात्रु बोकेको एमआई–८ हेलिकोप्टर दुर्घटना भएको हो ।

masko-624x371दुर्घटनामा ३ जना घाइते भएको उद्धारकर्ताले जनाएका छन्।दुर्घटनामा परेको हेलिकोप्टर साइबेरियाको क्रास्नोयार्स्कबाट उरेङगतर्फ जाँदै थियो। आपत्कालीन मन्त्रालयको क्षेत्रीय कार्यालयले दुर्घटनाको कारण स्पष्ट जानकारी नआएको जनाएको छ। घटनामा परी घाइते भएका तीन जनालाई उद्धार गर्न उद्धारकर्ताहरु सफल भएको मन्त्रालयले जनाएको छ।

उद्धारकर्ताहरुले चालकहरुको लापर्वाही, यान्त्रिक समस्या वा खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने बताएका छन् ।