सन्तोष दहित
घोराही, ७ कार्तिक । लेखिका बालिका चौधरीको ‘जीवनका बक्र रेखाहरु’ कृतिको आइतवार घोराहीमा समिक्षा गरिएको छ । कृतिको समीक्षा गर्दै पत्रकार एवम् साहित्यकार केबी चौधरीले लेखिका चौधरीको पुस्तकमा संघर्षका कथाहरु उल्लेख गरिएको बताए । उनले पुस्तको चर्चा गर्दै भने–‘यो पुस्तकमा समाजको यथार्थ चित्रण र आफ्नो व्यक्तिग अनुभव सेयर गरिएको छ ।’ लेखिका चौधरीले किताब मार्फतम जीवन संघर्ष हो भन्ने सन्देश दिएकिछिन् । कितावमा गाउँदेखि अमेरिका, डेनमार्क लगायत देशका कथा, बस्तु अनुभव उतारिएको छ ।

14671234_1143758949007344_2127803508079488323_nथारु पत्रकार संघको आयोजनामा भएको कृति समीक्षा कार्यक्रममा बोल्दै लेखिका चौधरीले किताब लेख्ने सपना सानैदेखि भएपनि विविध कारणले लेख्न सकेकोथिएन्, पछि किताब लेख्ने आँट गरे सानो भएपनि यो किताब ल्याएको छु । तर, आफ्नै घरकाले मेरो किताबको चासो दिएका छैनन्, बजारमा यो पुस्तको चर्चा भएको खवर सुन्दा खुशि लागेको छ, उनले भने–‘मेरो किताबमा मेरो जीवनमा भएको संघषका कथा वस्तुलाई  पुस्तक मार्फत आम समुदायको माझ पु¥याउने जमर्काे गरेको छु ।’ ‘यो छोटो समयमा पनि मेरो कितावलाई धेरैले माया गरेका छन् विभिन्न जिल्लामा माग भएकोले निकै खुशी छु, चौधरीले भनिन् ।

14642313_10209409842154291_5220427374035913126_nथारु पत्रकार संघ दाङको अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका पुर्व अध्यक्ष केवि मसाल, प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्ल,  प्रेस चौतारी दाङका कोषाध्यक्ष इन्द्र डिसी, नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा, साहित्यकार लब्लीन क्यानभास, पत्रकार लक्ष्मीमान चौधरी, सरिता चौधरी लगायतल शुभकामना व्यक्त गर्नुभएकोथियो । कार्यक्रमको सहजीकरण थारु पत्रकार संघका सल्लाहाकार माधव चौधरीले गरेका थिए ।