दीपबहादुर घर्ती
जाजरकोट, ७ कार्तिक । भरीमालिका नगरपालीका २ तिमिलेका वीना नेपाली र डण्डवीर नेपालीका वुवा नरसिंह नेपाली गाग्री बम विस्फोट भएर मृत्य भएको १२ वर्ष वितिसकेको छ । वीना र डण्डवीरले १२ वर्षका कुनै पनि दशैंमा टीका नलगाएर निधार खाली राख्दै आएकाछन् ।आफुलाई जन्म र कर्म दिने वुवालाई गाग्रीबमले खोसेर लिएपछि आफुहरुको भाग्य मेटिएको ठान्दै आएका वीना र डण्डवीरले सधै दशैमा निधार खाली राख्दै आएको वताएका छन् । सानैमा वुवा गुमाएकाभाई/वहनीले निधारमा टीका लगाएर दशैंमा को संग साट्नु खुशी?, को संग वाड्नु हाँसो ?, को संग पोख्नु दुःख ? यि र यस्तै विचार व्यक्त गरिरहेका छन् ।

gagribam-le-bichalli
गाग्री बम बिस्फोट वाट वुवा, दाई र अंकल गुमाएका वीना र डण्डवीर

२०६१ साल चैत्र महिनामा माओवादी युद्ध समाप्ती भएको थिएन । ६१/६२ को जनआन्दोलनले माओवादी युद्धलाई अझझन घनीभुत वनाई रहेको थियो ।ढिमे गाविस वडानं. १ पाँचकाटियाको ऐलानी जग्गामा खरले बारेको झुप्रो हालेर बसेका नेपालीको परिवारले दिनभर अर्काको काम गरेर विहान वेलको छाँक टाँर्नु उनको कुनै रहर नभई वाध्यताथियो । माओवादी जनमुक्ति सेनाले त्यहि झुप्रोमा राखेको गाग्री बम भित्रको विस्फोटक पदार्थ खालीगरि गाग्रीमापानीखाने सोच वनाएका नेपालीले एकाविहानै वममा हतौडा हानेको बीना र डण्डवीरकी आमा डिल्ली नेपालीले वताईन् ।

हतौडा हिर्काएको गाग्रीबम एक्कासी विस्फोट हुदा नरसिंहं नेपालीको मात्र मृत्यु भएनकि ? नेपालीको जेठो छोरा हरिबहादुर नेपाली र भाई कालो नेपालीको घटना स्थलमै मृत्यु भएको घटनाका जानकारहरु वताउछन् । मुख धुन भनेर घर वाहीर आएकी स्वास्नी डिल्ली नेपाली र आमा संगै वाहीर आएकी छोरी वीना नेपाली सकुशल वाँच्न सफल भएका थिएभने, एक वर्षको कान्छो छोरा डण्ड वीरलाई बमको छर्रा निधारमा लागेर घाईते अवस्थामा वाँच्न सफल भएकाथिए । विभिन्न ठाउँमा गरिएको स्वास्थ्य उपचार पछि मात्र डण्डवीर वाँच्न सफल भएको आमा डिल्ली नेपालीको भनाई रहेको छ ।

हाल १५ वर्षिय वीना नेपाली कक्षा ७मा पढिरहेकी छन् भने, १३ वर्षिय डण्डवीर नेपाली कक्षा ६ मा पढिरहेका छन् । वुवा र दाईको मृत्युवाट नेपाल सरकारले दिएको राहत पैसालाई भाई बहिनीको पढाईमा खर्चमा खर्चने गरेको उनीहरुको भनाई रहेको छ ।आमा डिल्ली नेपालीले दोश्रो विवाह गरेर अर्कैसंग घरजमगरि सकेकी छन् भने, वीना र डण्डवीर आमासंगै आश्रित भएर पढिरहेका छन् ।दशैंमा टीका नलगाएर सधै भरी खालीनिधार राख्दै आएका वीना र डण्डवीरले तिहारमा भने, भाई/बहनी संगै बसेर टीका लगाउदै आएको वताई रहेका छन् ।त्यति वेला विस्फोट भएको गाग्रीबमले जीवन लिला दिने वुवा र सधै भरी मायागर्ने दाईलाई आफुहरुवाट सधैका लागि खोसेर लगेको मात्र नभएर आफ्नो जीवनको भाग्य रेखालाई नै समाप्ती गरि दिएको वीनाको भनाई रहेको छ । वुवावाट प्राप्तहुने स्नेहीता र आशिर्वादको वास्तवीक अनुभुति नै गर्न नपाएकोमा वीनाले निकै दुःख व्यक्त गरिरहेकी छन् ।