पोखरा ७  कत्तिक। पोखरा-२५ पुम्दीभुम्दी स्थित पुम्दीकोटमा शिव भगवानको बिशाल मुर्ति बन्ने भएको छ । खरादेखी करीब १३ किलोमिटर दक्षिण पश्चिम पर्ने फेवातालको दक्षिणी किनारको माथिल्लो भाग अर्थात हाल रहेको पुम्दीकोट टावरसँगै १ सय ८ फिट अग्लो भुमेश्वर महादेवको मुर्ति बन्ने भएको हो ।

shivas-murti-pokharaपुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबर्द्धन समितिले २१ करोड खर्चेर शिव मुर्ति, स्मृति पार्क निर्माणसहित पर्यटन प्रबर्द्धनको बृहद योजना सुरु गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पुम्दीकोटलाई धार्मिक पर्यटनको रुपमा विकास गरेर पर्यटन आगमनमा बृद्धि गर्ने उद्धेश्यले निर्माण गर्न लागिएको शिव मुर्ति तथा स्मृति पार्क कुल १७ रोपनीमा बनाइन लागेको छ ।

जसमध्ये १२ रोपनीमा पूर्वाधार निर्माण गरिने पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबर्द्धन समितिका संयोजक चन्द्रकान्त वरालले जानकारी दिए ।

अनलाइनखबर बाट