काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि महाअभियोगकै पक्षमा देखिएकाछन । प्रधामन्त्री पुष्पकमल दाहालसँग शनिबार भेटगरी देउवाले महाअभियोग पारित गराउने पक्षमा आफू रहे पनि पार्टी भित्रको विवादले निर्णय गर्न केही अफ्ठेरो परिरहेको बताए ।

prachandaप्रधानमन्त्री दाहालसँग सभापति देउवाले पार्टीभित्र सहमति कायम गर्ने प्रयत्न जारी रहेको समेत जानकारी दिएको दाहालले माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकमा बताएका थिए ।