तुलसीपुर,६ कार्तिक । राप्ती बबई क्याम्पस पब्लिक प्राध्यापक संघ इकाइ समितिले क्याम्पसका प्राध्यापकहरुको विषयमा सञ्चार माध्यममा आएका विषयहरुमा ध्यानाकर्ष भएको जनाएको छ । बैठकले क्याम्पस प्रसासनले जिम्मेवार प्राध्यापकको व्यक्तीगत चरित्र हत्या जस्तो कार्य गरेका भन्दै त्यसको छानविनको पनि माग गरेको छ ।
संघको विशेष साधारण सभाको स्थगतको कुरालाई ल्एिर क्याम्पसमा पुर्व क्याम्पस प्रमुख तथा संघ इकाई सभापति महेश प्रसाद आचार्यको विषमा केहि सञ्चार माध्यममा आएको अनरगल प्रचार प्रति ध्यानाकर्ष गर्दै त्यस्तो कार्यको विरोध समेत गरिएको छ । एकाई समितिको शनिवार बसेको बैठकले त्यस्तो गरेको हो । बैठकले इकाई सभापति सहित पुर्व क्याम्पस प्रमुख राजेन्द्र कुमार पाण्डे र संघका केन्द्रिय सदस्य युवराज रावतलाई लगाएको गम्भीर आरोपको पनि खण्डन गरेको छ ।
इकाई सभापति महेश आचार्यको अध्यक्षतामा बसेको बैठकले क्याम्पसका जिम्मेवार प्राध्यापकहरुको व्यक्तीगत फाइल क्याम्पस प्रमुखको निर्देशनमा चरित्र हत्या गर्ने उदेश्यले सञ्चार संस्थामा ल्याइ प्रचार वाजी गरिएको भन्दै आपक्ती समेत जनाईएको छ । यो कार्यक्रले क्याम्पस लाइ नै आचआउने काम भएको बैठक पछि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्ता नकारात्कम कुराले पार्ने असर र क्षती प्रति स्वयम क्याम्पस प्रमुख नै जिम्मेवार हुनु पर्ने र उत्तघटनाका सम्वन्धमा निश्पक्ष, उच्च स्तरिय छानवीन समिति गठन गरि दोशी माथि कडा कारवाही गर्न माग गर्द छौ विज्ञप्तीमा भनिएको छ । बैठकमा बहुमत कार्य सििमत र बहुमत प्राध्यापकहरुको सहभागिता रहेका पुष्टी गरिएको छ ।
