ध्रुवराज न्यौपाने
दाङ , ६ कार्तिक । नेपालीहरुको महान पर्व शुभ दिपावली नजिकिए सगैं ईलाका प्रहरी कार्यालय तुलसीपुरले कात्र्तिक एक गते देखि जुवा तास खेल्ने,पटका पड्काउने हो–हल्ला गर्ने,मदिरा सवेन गरी हिडडुल गर्ने , मापसे गरी गाडी चलाउने, ध्वनी प्रदुर्शण हुने गरी मोटरसाइकल चलाउनेलाई पक्राउ गरी कार्वाहि गर्ने अभियान थाले संगै इलाका प्रहरी कार्यालय तुलसीपुरले गएराती ढेड वोरा पटका सहित तुलसीपुरमा दुई जना युवालाई प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बराइन घर बताउने वर्ष ३५ को अरविन्दकुमार चक्रवति र हेकुली गाविस ३ बस्ने वर्ष १८ नविन चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । तिहारको लागि विक्री वितरण गर्न बराइज बाबागञ्ज भारतवाट ठुलो परिमाणमा विस्फोटक पदार्थ ल्याई तुलसीपुर ६ डुम्रीगाऊ स्थित रहिउमुल्लाको गोदाममा राखेको र त्यहि देखि उनीहरुलाई प्रक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रक्राउ परेकालाई विष्फोटक पदार्थ ओसारपसार तथा बिक्रि बितरण सम्बन्धि मुद्दा चलाउने प्रहरीले तयारी गरेको र थप अनुसन्धान समेत गरिएको तिम्सिनाले जानकारी दिनुभयो । तुलसीपुर क्षेत्रमा रातको समयमा हुने गरेका चोरीका घटना,सम्भावित भैm झगडा नियन्त्रणका लागि प्रहरीले यस्तो अभियान सञ्चालन गरेको तिम्सिीनाले बताउनुभयो ।
