बिमल गौतम
तुलसीपुर ,६ कात्तिक । तुलसीपुर नगर पालिका वडा नम्वर ३ मा रहेको जानकि टोल बिकास संस्थाको आयोजनामा आज त्याहा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । संस्थाको आयोजनामा भएको सरसफाई कार्यक्रमका अवसरमा झण्डै डेढ किलोमिटर सल्यान रोडका दायाँ बाया तर्फका झाडि सफाई गरिएको छ ।
सडकाको दुवै तर्फ झाडि वढदा दुर्घटना हुने खताराका साथै टोल बिकास संस्थाको समेत निस्कृयता देखिने हुदा सरसफाई गरिएको संस्थाका सचिव गिरिराज भण्डारिले जानकारि दिनुभयो । सो क्रममा सडक वरपर रहेका फोहर जन्य वस्तुहरुलाई नष्ट समेत गरिएको थियो । टोल बिकास संस्थाका अध्यक्ष मिनकुमार गिरीको नेत्रृत्वमा शुरु भएको सरसफाई कार्यक्रम समापनका अवसरमा नेपाल नेत्र ज्योति संघका सभापती कृष्ण कुमार गिरी , पत्रकार बिमल गौतम , टोल बिकास संस्थाका पुर्व अध्यक्ष राधादेवि न्यौपाने , कोषाध्यक्ष डण्डीराम मल्ल लगाएतकाले टोल बिकास संस्थाहरुले आफनो ठाउँको सरसफाईमा ध्यान पु¥याउनु पर्नेमा जोड दिनु भएको थियो ।
सरसफाई कार्यक्रममा टोल बिकास संस्थाका झण्डै ९० घर धुरिका सदस्यहरुको सहभागिता रहेको थियो । यसैबिच टोल बिकास संस्थाले सल्यान सडकको विभिन्न ठाउँमा ग्रेवल थुपारेका कारण सडक दुर्घटना निम्तन सक्ने भन्दै तत्काल उक्त गे्रवललाई फिजाउन वा हटाउन माग गरेको छ ।
