गोविन्द खड्का
घोराही, ६ कार्तिक । बडा दशै सकिए पनि चाडपर्वको रौनक सेलाएको छैन । उत्तीकै महत्वको तिहार केहि दिनमा शुरु हुदैछ । त्यस संग चल्छ महान चाड छड । चलिरहेका चाड पर्बले आवत जावतको क्रम रोकिएको छैन ।

14786909_1309823902384855_1783671807_oत्यो भन्दा अनौठो भएको छ नियमित सरसफाइको क्रम नरोकिनु । दशै तिहारले धेरै अभियानलाई विथोलेको छ । घोराहीका पिपल बोट, गौतम नगर र अस्पताल टोलमा यस बर्ष सफा दशै“ भएको छ । यातायात तथा मानविय चाप हुदा पनि त्यस क्षेत्रका सडक एवं पसल अगाडि फोहर भेटिएन । न त बटुवाले नै फाले । त्यस संगै जुन बेला पुग्दा पनि सफा देखिएपछि दंग पारेको छ ।

केहि पैदल यात्रुले केराका बोक्रा, भोला र शुद्धप्लसका खोस्टा खसाले पनि तुरुन्तै टिप्न लगाएको हेरालु दल बहादुर नेपालीले जानकारी दिनुभयो । हरियो पोषाकमा सजिएका नेपालीले लामो फलामको सुईरो बोकेका थिए । कतै देखिएपछि खोप्दै र खुन्टिदै गरेका भेटिन्थे । ‘फाल्दा देखे टिपाउछु गोब्दै गरेको अबस्थामा भेटिएका नेपालीले भन्नुभयो, व्यवारीसेलाई टिप्छु ।’ रातिमा प्लाष्टिकको पोकामा भात सडकमा ल्याएर छोड्नेलाई चेताउन मुश्किल भएको थियो । बिहान समात्न नसकिएपछि राति दश एघार बजे पनि गस्ति चल्यो ।

त्यस क्षेत्रका सबै व्यापारी व्यवसायी एवं घरमालिकले फोहर घरभित्रै राख्ने गरेका छन् । लुकिचोरी रातिमा सडकमा ल्याएर थुपार्नेले पनि छोडिसकेका छन् । यात्रुहरुले शूर शुरुमा कता फाल्ने त भनेर प्रश्न गरेको नेपालीले बताउनुभयो । तिनलाई पोलमा टंगिएका डस्टीवन सिकाएपछि समस्या रहेन । ‘हाम्रोमा त गन्ध छैन’ नेपालीले भने ‘कचेरा पनि खोजेरै भेटिन्न ।’ हुईकिएर यातायातका साधन बाट यात्रा गर्दा होस कि पैदल ओहर दोहर गर्दा कसैले पनि खसाल्न पाउदैन । हरेक पसल व्यवसाय गरेकाले सचेत गराउन, समात्न र उजुरी गर्न सक्छन् । एक जना हेरालुलाई छल्दैमा फोहर फाल्नेहरु उम्किने अबस्था न रहेकाले सफा भएको हो ।

त्यस बाहेक स्थानिय टोलविकास संस्थाका अगुवाहरुले पनि निकै ध्यान दिएका छन् । चित्रकान्त आचार्य, नुमानन्द आचार्य र चन्द्र मणि गैह्र लगाएतको सकृय सहभागितामा अभियान अघि बढेको थियो । दाङ उद्योग वाािण्ज्य संघले चलाएको ‘सफा सुन्दर हरीत जिल्ला’ अभियानले तिन महिनामै यस्तो नतिजा ल्याएको हो । अध्यक्ष हेमराज बञ्जाडे सहितको टोलिले तिन टोलको संयुक्त भेला गरी अभियान चलाएको थियो । त्यसलाई फे्रन्ड्स वालकलव लगाएत टोलवासिले निरन्तरता दिए । भर्खर बजार पसेकालाई सम्झाउनु परेपनि पुरानाले सिकाए । एउटा टेम्पु चालकले शुद्धप्लसको खोल टिप्न नमानेपछि नियन्त्रणमा लिएर कागज गराए । त्यसले पनि अभियानलाई सफल बनाउने थप उपाए दिएको नेपालीको अनुभव छ ।

पत्याउन नसकिने गरी त्यस क्षेत्रमा सुधार आएको छ । दशैको समयमा बजारका केहि गल्लीमा फोहरका डंगुर देखिन्थे । कतै गन्ध आईरहेको भेटिन्थ्यो । घोराही दशका तिन टोलमा कुनै समस्या आएन । त्यसमा घोराही नगरपालिकाले पनि साथ दिएको स्थानियले बताए । सफा क्षेत्रमा नगरपालिकाका सरसफाई गाडिले कुनै दिन हल्टा गरेनन् । टिका र अष्टमिका दिन बाहेक हरेक दिन गाडि पुग्यो । घर पसलमा संकलन गरीएको फोहर उठायो र सफा बनायो । भुस्याहा कुकुर हराएर, छाडा गाई गोरु घटेर व्यवस्थीत बन्दै गरेको बजारमा तिन टोल नमुना बने ।

मासिक दशहजार दिएर सरसफाइ अभियान चलाउन कर्मचारी राखेपछि ठुलो उपलब्धी भएको दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष नरायण भुषालले बताउनुभयो । गौतम नगरटोलविकास संस्थाका संस्थापक अध्यक्ष भुषालका अनुसार तिन टोल नमुना भएका छन् । छिमेकि टोलहरु बाट अभियान चलार्यदिन माग भै आएको छ । लोकराज सुवेदी र मुमान सिं खड्काले मासिक एक हजार र सुवेदि वस्त्रालय, शिव मेडिकल हलले एक एक जोडा पोषाक दिएका थिए । त्यस संगै हरेक सटर बाट पचास रुपैया संकलन गरेर तलवको व्यवस्था गरीएको थियो । ‘हामि पनि पैसा उठाएर अभियान चलाउछौ भन्ने आउछन’ उपलब्धीको चर्चा गर्दै भुषालले भन्नुभयो, ‘घरवेटि र पसलवाला दुवैलार्य सचेत बनाएपछि समस्या देखिएन ।’