बिपेन उलङ्गे / मलेसिया
क्वालालाम्पुर ६ कार्तिक    । बैदेशिक राेजगारिकाे शिलशिलामा ३७ महिना अघि मलेसिया अाएका अशाेक राईकाे सुतेकै अबस्थामा मृत्यु भएकाे छ । माेरङ टांडि- ७ घर भई हाल मलेसियाकाे रावाङ स्थित “ईउराे चियर फर्निचर” कम्पनीमा कार्यरत राई मङगलबार राति सुतेकै अबस्थामा मृत्युु भएकाे उनका सहकर्मिहरुले लुकनेपाल डटकमलाई जानकारि दिए ।

deth-malaysiaदिउसाेकाे काम सकि हाेस्टेलमा अाई साथिहरु संग हासखेल गर्दै खाना पकाई खाएर सुतेका राई बिहान अबेरसम्म नउठेपछि साथिहरु बाेलाउन गएका थिए । तर २६ बर्षिय राई कहिलै नउठने चिर निन्द्रामा परि सकेका थिए । राईकाे मृत्युु भएकाे थाहा पाएपछि साथिहरुले कम्पनी बाेसलाई जानकारी दिएका थिए ।

राईकाे शबलाई अहिले सुगाईबुलाे हस्पिटलमा राखिएकाे छ भने नेपाल पठाउने बारेमा पनि कम्पनीले प्रक्रिया अघि बढाई सकेकाे र यहि साेमबार सम्ममा शब नेपाल पठाउने तयारी रहेकाे उनका सहकर्मी मनकुमार राईले जानकारि दिएका छन ।

सथै मृतककाे अार्थिक अबस्था कम्जाेर रहेकाेले साथिहरुले रकम सङ्कलन गरेर पठाउने तयारि गरि रहेकाे बताउदै सहयाेगकाे लागि अपिल गरेका छन । मृतककाे घरमा अामा, बुबा, २ छाेरा र उनकी जीवन संगिनी  संगिता राई रहेकाे बुझिएकाे छ । उनी काठमाडौं स्थित साेसियल म्यानपावरबाट ३७ महिना अघि राेजगारिकाे लागि मलेसिया अाएका थिए ।