चितवन ५ कार्तिक । चितवनको दारेचोकमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौं तर्फ जाँदै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा बा ७८ प ४६ ८५ नम्बरको मोटरसाइकलमा सवार धादिङ जोगिमाराका पदम चेपाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।