घेराही । घोराही नगरपालिका र हिमालयन शान्ति तथा विकास नेपाल (हिप्डेक) ले घोराही क्षेत्रका चालिस जना बालश्रमिकको उद्धार गरी परिवारमा पुनःस्थापना गर्ने रणनीति बनाएको छ ।

bal-shrmik

उद्धार गरिएका बालबालिकाहरुलाई परिवारको जिम्मा लगाई आयआर्जनमा सहयोग गर्ने , असहाय, हिंसा पिडित, अभिभावक विहिन र जोखिममा रहेका वालवालिकाहरुलाई पठन पाठनमा सहयोग गर्ने हिप्डेकका अध्यक्ष विकिरण गौतमले वताए । बालश्रम न्युनिकरण तथा बाल संरक्षण विषयमा भएको छलफल कार्यक्रमका अध्यक्ष समेत रहेका गौतमले मानसिक तनावमा रहेका बालश्रमिकलाई मनोसामाजिक परामर्श दिईने जानकारी दिएका छन् ।

बाल संरक्षण समवन्धी नाटक प्रदशन, माइकिङ गर्ने, अभिभावक, वडा नागरिक मञ्च, वालबालिकाहरुलाई बाल संरक्षण समवन्धी सचेतना गर्नेलगायतका योजनाहरुको वारेमा जानकारी दिएका थिए । सर्वेक्षण अनुसारका बाल श्रमिक भेट्न गाह्रो भएकाले ती वालवालिकाहरुको उद्धारमा चुनौति देखिएको वताएका थिए । बालश्रमिकले काम परिबर्तन गरिरहने भएकाले उद्धार गर्न समस्या हुने गरेको उनले बताए ।

पुनःस्थापित भईसकेपछि नगरपालिका र सस्थावाट निरन्तर थप सहयोगको आश गर्दा अभिभावक विहिन बालश्रमिकलाई उद्धारपछि पुनस्थापना समस्या हदा चुनौति भएको उनको भनाई छ । दाङमा ६६ बालश्रमीक रहेको तथ्याङक सार्वजनिक गरिएको थियो । त्यस्तै प्युठानमा ७ र रोल्पामा १ जना रहेको तथ्याङ्कमा छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले उद्धार गरिएको बालश्रमिकहरुको निरन्तर निगरानी गर्न सुझाव दिएका छन् । अभियानका सदस्य शरद अधिकारीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण संयोजक गणेश वलीले गरेका थिए ।