तुलसीपुर । चोरी मुद्दामा अदालतबाट कैद र जरिवाना फैसला भएपनि फरार रहँदै आएका एकजनालाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । घोराही स्थित मदन भण्डारी मेमोरियल स्कुलबाट कम्प्युटर सहित अन्य समानहरु चोरी गरेको मुद्दामा अदालतले दोषि ठहर गरेका घोराही २ क्वाडी निवासी २२ वर्षीय मनबुझाउ चौधरी पक्राउ परेका छन् ।

pakrau दाङ देउखुरी जिल्ला अदालतले गत साउन २६ गते चौधरीलाई दोषि ठहर गरेको थियो । चोरी गरेको ठहर गर्दै अदालतले चौधरीलाई ४५ दिन कैद र १ लाख १२ हजार ५ सय रुपैयाँ जरिवाना फैसला गरेको थियो । गुण्डागर्दी, तस्करी नियन्त्रण र फरार व्यक्ति पक्राउ बिशेष अभियान अन्तरगत चौधरीलाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । चौधरीलाई पक्राउ गरी उक्त जरिवाना र कैद असुलउपरको लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।