बिकाश डाँगी
तुलसीपुर ४ कार्तिक । दाङको तुलसीपुर नगरपालीकाको शहरी क्षेत्रमा रहेका सडकहरुमा सौर्य वत्ती जडान सुरु गरिएको छ । सडकहरुमा सडक वत्ती नहुुदा रातीमा हिडडुल गर्ने अपढेको भइरहेका वेला नगरपालीकाले शहर क्षेत्रका महत्वपूूर्ण ५ स्थानका ८ वटा टोलहरुमा सडक वत्ती जडान कार्य सुरु गरेको हो । नगर पालिकाले अवको एक सातामा सबै आठ वटै टोलमा सौय वत्ती जडानको काम गरि सक्ने वताएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अनुदानमा ७० लाख रुपैया खर्च गरि पहिलो चरणमा ८० वटा पोलमा सौर्य वत्ती जडान गर्न लागिएको नगरपालीका कार्यकारी अधिकृत टोपेन्द्र केसीले जानकारी दिनुभयो ।

14800783_1060971167356636_879788475_nनगरपालीकाले तुलसीपुरमा रहेको क लाईनको विरेन्द्र चौक देखि वाहिनी चौकको माथिको चौक सम्म, ख लाइनको घोराही सडक चौक देखि पुरानो बसपार्क चौक सम्म, बरुवा गाउ सडक खण्डको विद्युत चौक देखि वडा कार्यालय नजिक सम्मका केहि पोलहरुमा सौय वत्ती जडान गरिएको छ । त्यस्तै गरेर हात्तीखौवा चौक देखि सिप विकास सडक खण्डको केहि पोलहरुमा वत्ती जडान गरिने छ । नयाँ वस पार्कको न्यूूरोड र विद्युत पुुर्वको टोलमा पनि सौर्य वत्ती जडानका भएका छन ।

नगरपालीकाले वत्ती जडानका लागि मागेको कोटेशनका आधारमा काठमाडौको एभरेष्ट सोलार इनर्जी प्रालीलाई जडानको जिम्मा दिएको छ । सौय वत्ती जडानको जिम्मा पाएको कम्पनीले पनि जडान सुरु गरिसकेको छ ।। अहिले सबै सडकमा सडक वत्ती नहुदा बटुवाहरुले सास्ती खेप्दै आउनुपरेको छ ।

पहिलो चरणमा वत्ती जडानका लागी ८२ लाख ४० हजार रुपैयाको अख्तियारी आएको भए पनि ठेक्कामा दिदा ७० लाखमा काम भएको नगरपालीकाले जनाएको छ । खर्च गरेर सडक सौर्य वत्ती जडान गर्न लागिएको हो । नगरको मुख्य सडक छेउछाउमा रहेका पोलहरुमा पहिलो चरणमा सौर्य सडक वत्ती जडान गर्न लागिएको र अर्काे वर्ष थप सडकहरुमा सौर्य वत्ती जडान गरिने तुलसीपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले १ सय ७५ पोलको लागि सौर्य वत्तीको माग गरि केन्दमा पठाएको भए पनि पहिलो चरणमा ८० पोलको लागि मात्रै सौय वत्तीको स्वीकृत भएको थियो ।

सडकहरुका सौर्य वत्ती जडान भएमा नगरपालीकालाई विद्युत महसुल बुुझाउने झन्जेट हटने छ भने सडक सुरक्षा कायम हुने छ । त्यसै गरेर नगरको सुन्दरता बढने छ , विद्युत लोडसेडिङले असर गर्ने छैन भने नगर क्षेत्रमा केहि कम समेत हुन सकने छ । त्यस्तै वाटो हिडने बटुवाहरुलाई आवागमनमा सहजता ल्याउने छ ।