काठमाडौं ४ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई रक्षा गर्न पनि गाह्रो, विपक्षमा जान पनि गाह्रो भएको कुरा बताएका छन् ।
कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको भोलिपल्ट बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले अख्तियार प्रमुख कार्कीले शाही आयोगले भन्दा बढी तर्साएको र संस्थालाई नै ध्वस्त पारेकोले उनलाई जोगाउन गारो परेको कुरा बैठकमा राखे । बैठकमा लोकमान प्रति आक्रामक बनेका देउवाले भने, यसरी गर्न हुँदैन भनेर मैले कयौं पटक भनेँ । यसो गरे, यस्तो गरेपछि यस्तै ताल हुन्छ ।’
जनमत लोकमानविरुद्ध रहेकोले अब लोकमानालाई जोगाउन मुस्किल भएकाले त्यसलाई पार्टीले पनि हेर्नुपर्ने तर पनि कुनै निर्णय आवेगमा नभई जिम्मेवार भएर निर्णय लिनुपर्ने भन्दै देउवाले बैठकमा भने,लोकमानको रक्षा गर्न पनि गाह्रो छ, विपक्षमा जान पनि गाह्रो छ ।











