दाङ ४ कार्तिक । दाङ मा बलात्कारको अभियोग लागि फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पाँच बर्षपछि पक्राउ गरेको छ । फरार प्रतिवादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत २०६९ साल भदौ २० गते जवरजस्ती करणि मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
उनि बिरुद्द परेको उजुरीका आधारमा डुरुवा गाबिस २ का २७ बर्षीय विमल नेपालीलाई पक्राउ गरि अदालतमा बुझाइएको एसपी सिंहले जानकारी दिएका छन् ।