बिकाश डाँगी
दाङ , ४ कार्तिक । राप्तीका जिल्लाहरुमा नेपाल खाद्य संस्थाले उपलब्ध गराउने खाद्यन बिक्न छाडेको छ । राप्तीका पहाडी गाविसमा सबै भन्दा बढि माग हुने संस्थानको चामल अहिले विक्न छोडेको हो ।
जिल्लाका सबै क्षेत्रमा सडक र वजारको पहुच विस्तार भए पछि र स्थानीयले चाहे जस्तो चामल संस्थानले उपलब्ध गराउन नसके पछि चामल विक्न छोडेको हो । कुनै बेला त्यहि चामलको महत्व धेरै थियो, मान्छेहरु हप्तौ लाइनमा बसेर संस्थानको चामल किन्ने गर्दथे तर अहिले चामल आपुर्तीको लागि ठेक्का आबहान गर्दा समेत ठेक्का पर्देन ।
केहि वर्ष अघि सम्म राप्तीमा हजारौ क्वीन्टर खपत हुने खाद्यको चामल अहिले सयमा झरेका छ । संस्थालले चामलको माग घटे पछि संस्थानले आफना शाखा र डिपोहरु समेत घटाएको छ । अञ्चल कार्यालय सहित राप्तीमा संस्थानका ७ वटा कार्यालय रहेकोमा अहिले २ वटा कार्यालय र डिपो मात्रै सक्रिय छन । अञ्चल कार्यालय तुलसीपुर र मुसिकोट शाखा मात्रै सक्रिय भएको अञ्चल कार्यालय खाद्य संस्थान तुलसीपुरले जनाएको छ ।
चामलको माग घटदै गए पछि कार्यालय समेत पुनस्थापन हुन नसकेको अञ्चल कार्यालयका प्रमुख शेखर पौडेलले जानकारी दिनुभयो । उहाले संस्थानले रुकुमको शोभा गाउ डिपोलाई भने यस वर्ष देखि सक्रिय बनाउन प्रयास थालेको वताउनुभयो । सस्थानका रुकुममा १ शाखा संगै चौरजारी र शोभागाउमा २ डिपो रहेका थिए भने रोल्पामा सदरमुकाममा १ शाखा सहित सुलीचौर र घर्तीगाउमा डिपो स्थापना भएको उहाले जानकारी दिनुभयो ।
उहाले खाद्य सस्थालले स्थानीय उपभोक्ताहरुको माग अनुसार मसिनु चामल उपलब्ध गराएमा र बजार संग प्रतिस्पर्धा गर्न सक्ने खाद्यन पठाएमा मात्रै संस्थानको चामलको माग पुर्व अवस्थामै फर्कने वताउनुभयो ।
संस्थानको खाद्यन विक्रि यस क्षेत्रमा घटीरहेको उहाले वताउनुभयो । ‘केहि वर्ष यता देखि विक्री घटिरहेको छ’ प्रमुख पौडेलले भन्नुभयो ‘बजार हेरेर दिन सकेमा माग फेरी बढने देखिन्छ ।’
यस वर्ष दशैको अवसर पारेर डोल्पाको दुुइ स्थानको लागि ३ सय क्वीन्टल ५० किलो चामल पठाइएको प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाले डोल्पाको दुनैको लागि १ सय क्वीन्टल ५० किलो र जुफालका लागि २ सय क्वीन्टल चालम पढाएको वताउनुभयोे ।
उहाले रुकुम सदरमुकाम मुसिकोट शाखालाई पनि ५ सय क्वीनटल चामल पठाएको वताउनुभयो । पौडेलले खाद्यको चामलको जिल्ला सदरमुकार संगै गाउहरुमा पनि माग घटिरहेको जानकारी दिनुभयो । उहाले आबश्यक भएमा र माग बढेमा कार्यालयले ठेकेदार मार्फत सम्बन्धीत स्थानमा खाद्यन पुु¥यार संस्थानको मापदण्ड अनुसार वितरण गरिने वताउनुभयो ।