maobadi-kendrako-baithakकाठमडौ ४ कात्तिक ।  सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रको पार्टी हेटक्वाटरको बैठक बस्दैछ । बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको निजी निवास लाजिमपाटमा हुने छलफलमा हिजो दर्ता भएको महाअभियोग प्रस्ताव र संसविधान संसोधनमा छलफल हुनेछ ।

तिहारअघि नै संविधान संसोधन प्रस्ताव तयार गर्नुपर्ने भएकाले त्यसमा पार्टीले लिने अग्रसरताका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । नेता अग्निप्रसाद सापकोटाले संविधान संसोधन, लोकमानसि)ंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव लगायतका विषयमा पार्टीले धारणा तय गर्ने बताउनुभयो ।

बैठक अहिले बिहान ९ बजे बोलाइएको छ ।