काठमडौ ४ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । आजको बैठकमा स्थानीय तहको संख्या र मापदण्ड, संसविधान संसोधन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका विषयमा छलफल हुनेछ ।
बैठक बिहान ११ बजेका लागि पार्टी कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा मुख्य विषय स्थानीय तहको निर्माण र त्यसको निर्वाचन भए पनि पार्टीका आन्तरिक विषयमा पनि छलफल हुनेछ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा संविधान संसोधन, स्थानिय निकायको पुनर्संरचना, चुनाव, अख्तियार प्रमुखको विषय सबैमा छलफल हुने जानकारी दिजनुभयो ।
उहाँका अनुसार यसअघिको जिल्ला सभापति भेला, सांसद्हरुको भेला र सात जना केन्द्रीय सदस्यहरुले सात प्रदेशबाट ल्याएको निष्कर्षलाई आधार मानेर छलफल हुनेछ ।
