बिकाश डाँगी
तुलसीपुर ३ कार्तिक ।  राप्ती बबई क्याम्पस तुलसीपुर दाङ पब्लिक क्याम्पस प्राध्यापक संघ एकाई समितिको विशेष साधारण सभा स्थगित भएको छ । बुधवार तोकिएको विशेष साधारण सभामा क्याम्पस प्रशासक र जिम्मेवार व्यक्तीहरुले अराजक र असहज परिस्थीति सिर्जना गर्न खोजे पछि सभालाई स्थगीत गरिएको एकाईले जनाएको छ ।

rapti-babai1एकाइ सचिव जिवराज शर्मा सहायक क्याम्पस प्रमुख भए पछि सचिव पदमा नयाँ व्यक्ती मनोनयन गर्ने विषयलाई प्राथामिकतामा राखेर गरिएको साधारण सभामा अराजक र असहज अवस्था सिर्जना भए पछि स्थगित गरिएको एकाई सभापति महेश प्रसाद आचार्यले जानकारी दिनु भयो ।

साधारण सभामा सदस्यहरुले कुरा राखने वातवरण नभए पछि र बलजफती निर्णय गर्न खोजिए पछि एकाइको बहुमत कार्यसमितिले साधारण सभा स्थगित गरेको हो ।

एकाई सभापति महेश प्रसाद अचार्यको सभापतित्व तथा पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय सदस्य युवराज रावतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन एकाई कोषाध्यक्ष यमनाथ उपाध्यायले गर्नु भएको थयो । क्याम्पसका विभिनन विषयमा केहि महिना देखि विवाद हुदै आएको छ । यो संगै क्याम्पसको आन्तरिक द्धन्द्ध क्रमिक रुपमा सार्वजनिक हुदै आएको छ ।