तुलसीपुर ३ कार्तिक । दाङको तुलसीपुरमा घरको छतवाट खसेर बालकको मृत्यु भएको छ । तुलसीपुर ५ वसपार्कको सव्जिमण्डि क्षेत्रमा वसोवास गर्दै आएका ५ वर्षीय स्वयव ईद्रेसीको घरको छतवाट खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।

mrit-balak-death-baby-BNबालक ईद्रसी मंगलवार बेलुका घर नजिकै छिमेकमा नयाँ निर्माणाधिन घरको छतवाट खसेर गम्भिर घाईते भएका थिए । गम्भिर घाईते बालकलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारको लागिे कोहलपुर स्थित शिक्षण अस्पतालमा पठाइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको ईप्रका तुलसीपुरले जनाएको छ ।