काठमाडौं, ३ कार्तिक । भारतको दिल्लीबाट रसिया हुँदै पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई महानगरीय अपराध महाशाखाले प्रक्राउ गरेको छ । नयाँ बानेश्वरको रिकोन एजुकेशन कन्सल्टेन्सीकी सम्झना केसी र हाइलाइन एजुकेशसनल कन्सलटेन्सीका आनन्द केसीलाई महाशाखाले पक्राउ गरेको हो ।

imagesउनीहरुले सात जनासँग प्रति व्यक्ति १० लाख ५० हजार रुपैयाँका दरले ७३ लाख ५० हजार लिएर दिल्ली हुँदै रसिया पुगेपछि अलपत्र पारेको उजुरीका आधारमा महाशाखाले पक्राउ गरेको हो ।

उजुरी परेपछि अनुसन्धानका लागि खटिएका विशेष टोलीले सम्झना केसी र आनन्द केसीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग काठमाडौं पठाइएको महानगरीय अपराध अनुसन्धानले जनाएको छ ।