काठमाडौं, ३ कार्तिक । संसदले महाअभियोग सिफारिस समिति गठन गरेको छ । संविधानको धारा १६९ अनुसार गठन भएको समितिलाई कुनै पनि व्यक्तिविरुद्ध महाअधियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानबिन गरी महाअभियोगका लागि संसदमा सिफारिस गर्ने अधिकार हुने छ ।

parliament-building-of-nepal-768x451राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख तथा संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पारित भएमा त्यस्ता व्यक्ति स्वतः पदमुक्त हुने छन् ।

संसदले गठन गरेको समितिमा एमालेका पार्वत गुरुङ, सुशीला नेपाल, केशब बडाल, रेवतीरमण भण्डारी, राप्रपा नेपालका दिलनाथ गिरी तथा कांग्रेस ज्ञानेन्द्रबहादुर कार्कीलगायतका सांसदहरु सदस्य हुनुहुन्छ । ११ सदस्यीय समितिमा रहने अरुको नाम सार्वजनिक भएको छैन ।