काठमाडौं, ३ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज व्यवस्थापिका संसदमा सम्बोधन गरेका छन् । संसदलाई सम्बोधन गर्दै दाहालले संविधान संशोधनको अन्तिम चरणमा पुगेको बताएका छन् ।
प्रधानमन्त्रीले गोवा भ्रमणका विषयमा संसद्लाई जानकारी गराउने भनिएको भए पनि सम्बोधनको सुरुमै प्रधानमन्त्रीले संविधान संशोधनको प्रक्रियाको अन्तरिम तयारी भइरहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले २०७४ को नयाँ वर्षसँगै काठमाडौँमा मेलम्चीको खानेपानी राजधानीमा ल्याउने निर्देशन दिएको समेत व्यवस्थापिका संसदलाई जानकारी गराएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारतको गोवा भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । प्रचण्डले नेपाल र भारतलेअघि बढाएका परियोजना नियमित अनुगमन गर्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत कुराकानी भएको बताए । भारतबाट सञ्जालित चालु योजना तत्काल सञ्चालन गर्ने सहमति भएको समेत दाहालले प्रष्ट पारे । सो अवसरमा प्रचण्डले आफू प्रधानमन्त्री भएपछि गरेका सम्पूर्ण कामको जानकारी गराएका थिए ।
