जन्मघर नेपालगञ्ज भई काठमाडौलाई कर्मथलो बनाउदै सांगीतिक नक्षेत्रमा चम्किलो ताराको रुपमा उडाउँदै गरेकी गायिका तृप्ती खड्का गुरुङ सानै उमेरदेखि संगीत र नृत्यमा रुचि राख्ने गर्थिन । पिता शेरबहादुर खड्का र आमा नैनादेवी खड्काको कोखबाट जन्मलिएकी उनीलाई कसैले पनि गीत/संगीत क्षेत्रमा रोकन सकेन । अनि उनी अहिले पनि गीत÷संगीत क्षेत्रमा उदाइरहेकिछिन् ।
गायिका तृप्ति खड्का गुरुङ आफ्नो बिद्यालय जिबन देखिनै विभिन्न स्टेज कार्यक्रम देखि लिएर स्थानिय स्तरमा हुने अन्य धेरै कार्यक्रमहरुमा नृत्य गर्ने, गित गाउने र आफ्नो जादुमय आवाजले उपस्थित भिडलाई मन्त्रमुग्द बनाउन सफल हुने गर्थिन। सुमधुर तथा जादुमय आवाजकी धनि गायिका तृप्ति खड्का गुरुङ बिगत पाँच बर्षदेखि ब्यबसायिक गायिकाको रुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन ।
आफ्नै तिन वटा सफल गीति एल्बम तृप्ति, तृप्ति भाग–१, र तृप्ति भाग–२ नेपाली बजारमा ल्याउन सफल गायिका तृप्तिले करिब पाँच दर्जन भन्दा बेसी गीतमा आफ्नो मिठो आवाज भरि सकेकी छिन भने हर किसिमको गित गाउने सक्ने क्षमता भएकी भर्सटाइल गायिका हुन उनी । लोक संगीतदेखि पप, आधुनिक र चलचित्र पाश्र्व गायनमा समेत आफ्नो गायन कला प्रस्तुत गरिसकेकी एक कुशल मिठो स्वरकी धनी तृप्ति नेपालमा मात्र नभएर विदेशमा सम्म त्यतिकै चर्चित हुदै गईरहेकी छिन ।
नेपालमा हुने विभिन्न मेला महोत्सब देखि लिएर बिदेशमा हुने कार्यक्रममा समेत चर्चा बटुली सकेकी गायिका मिठो आवाजको धनि संगै एक मेहनती, सुन्दर, सरल, मिलनसार स्वभाब र एक असल व्यक्तित्वकी धनि पनि छिन । सम्पूर्ण घर परिवारको साथ र सहयोग पाएर सांगीतिक क्षेत्रमा लागेकी गायिका तृप्ति गित संगीतलाइ देबी सरस्वतीको प्रसाद ठान्छिन । उनी थप्छिन गित संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि पर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु ।
विभिन्न अवार्ड समेत हात पारि सकेकी गायिका हर प्रकारको संगीतमा आफ्नो जादुमय आवाज भर्न सफल भएकी छिन यस अर्थ पनि उनलाई एक बहु प्रतिभाशाली, भर्सटाइल गायिका भन्न सकिन्छ, साच्चैँ उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता छ त्यसैले त उनी भन्छिन गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।











