पोखरा, २९ असोज । अन्नपूर्ण क्षेत्रमा रहेको पदमार्ग (ट्रेकिङ रुट) को प्रवर्द्धनका लागि ‘१० बुँदे पर्यटन प्रवर्दन धम्पुस घोषणापत्र’ जारी गरिएको छ ।

941b353bdea8bb7447744295fdf18fc0गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र सेञ्चुरी पर्यटन व्यवसायी समितिले अन्नपूर्ण क्षेत्रअन्तर्गत पर्ने धम्पुस, छोम्रुङ हुँदै माछापुच्छ्रे आधार शिविर पुग्ने ट्रेकिङ रुटलाई नयाँ ढङ्गले सञ्चालन गर्न धम्पुसमा घोषणापत्र जारी गरिएको हो ।

नेकपा एमालेका नेता किरण गुरुङ, व्यवस्थापिका–संसद, विकास समितिका सभापति रवीन्द्र अधिकारी, सांसद सीता गिरी ओली, एनआरएनएका वरिष्ठ उपाध्यक्ष भुवन भट्ट, समितिका अध्यक्ष दलबहादुर गुरुङले उक्त घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।

घोषणापत्रमा अन्नपूर्ण क्षेत्रको ट्रेकिङ रुटको प्रवद्र्धनका लागि एनआरएनए र समितिले संयुक्त रुपमा काम गर्ने छन् ।

अन्नपूर्ण क्षेत्रमा पर्ने जैविक विविधताको संरक्षण र सम्वद्र्धनमा दुवै संस्थाले संयुक्त रुपमा काम गर्दै धम्पुस, छोम्रुङ हुँदै जाने ट्रेकिङ रुटलाई एनआरएनए र समितिले आफ्नै ‘व्राण्ड’का रुपमा नाम दिएर अगाडि बढाउने छन् ।

त्यस्तै ग्रामीण पर्यटनलाई आकर्षित गरी त्यस क्षेत्रमा उत्पादन हुने वस्तुको प्रवद्र्धन गरी बाह्य पर्यटक भित्र्याउन पहल गर्ने, एनआरएन जापान र धम्पुस गाउँबीच सहकार्य गरी धम्पुसमा उत्पादन हुने स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने, अन्नपूर्ण क्षेत्रमा ‘बोटानिकल गार्डेन’ र ‘जिओलोजिकल गार्डेन’ निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ ।

एनआरएनए र नेपाली राजदूतावासको सहयोगमा अन्नपूर्ण क्षेत्रका बारेमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने, जैविक विविधता र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको बारेमा अध्ययन अनुसन्धानका लागि यस क्षेत्रलाई अगाडि बढाइने र एनआरएनएले विदेशमा रहेका संस्थाले प्रतिव्यक्ति तीनजना पर्यटकलाई नेपाल घुम्नका लागि आह्वान ‘अतिथि देवो भवः’ अभियान सञ्चालन गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

व्यवस्थापिका–संसद्, विकास समितिका सभापति अधिकारीले अन्नपूर्ण क्षेत्र नेपालको पर्यटन प्रवद्र्धनको मुख्य आधार केन्द्रको रुपमा रहेको बताए ।