काठमाडौं २९ असोज – नेकपा एमालेले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा मधेसी मोर्चाका नेताहरु समेत सहभागी भएका छन् । पछिल्लो समय एमालेसँग राम्रो सम्बन्ध नरहेको र औपचारिक छलफल न्यून जस्तै रहेका बेला चियापानमा मोर्चाका नेताहरुको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

uml-chiyapan1

काठमाडौंको शङ्खपार्कमा जारी चियापानमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पुगेका छन् भने मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार पनि चियापनमा सहभागी भएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चियापानमा उपस्थित छन् ।

त्यस्तै सभामुख ओनसरी घर्ती, अर्थमन्त्री कृष्णबहादुर महरा पनि चियापानमा सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्ड ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत प्रस्थान गरेपछि सहभागी हुने छैनन् भने राष्ट्रपति विद्यादेवी भण्डारी पनि नआउने बताइएको छ ।