एजेन्सी, २९ असोज । भारत प्रशासित काश्मिरमा तनाव वढ्दै गएको छ । काश्मिरको जकुरामा बिद्रोहीले सशस्त्र सीमा सुरक्षा बलको एक गस्ती टोलीमाथि आक्रमण गरेका छन् ।

timthumbबिद्रोहीको आक्रमणमा परि एक जवानको मृत्यु भएको छ भने अन्य आठ जवान घाइते भएको बताइएको छ । सुरक्षाकर्मीको टोलीलाई आक्रमण गरी बिद्रोही भागेको सरकारी अधिकारीले बताएका छन् ।

आक्रमणमा संलग्न बिद्रोहीको खोजी भइरहेको बताइएको छ भने घाइते जवानलाई श्रीनगरमा रहेको आर्मी अस्पतालमा भर्ना गरिएको छ ।

दुई दिनअघि बिद्रोही र सुरक्षाकर्मी्बिच पान्पोरमा ६० घण्टासम्म भिडन्त भएको थियो । काश्मिरमा पछिल्लो समय हिंसात्मक गतिविधि बढ्दै गएका छन् ।