दाङ, बैसाख २९
दाङ त्रिपुर क्षेत्रका समाजसेवि, उद्योगी तथा राजनितिज्ञ डिल्ली बहादुर वलिले डि टेन ईन्टरटेन्मेन्ट त्रिपुरले यहि जेष्ठ १ देखि आयोजना गर्न लागेको प्रतिस्पर्धात्मक नृत्य प्रतियोगिताका लागी ५ लाख रुपैयाँसहयोग गर्नुभएको छ ।
प्रतिस्ठित, बहुप्रतिस्ठित,बहुप्रतिक्षित बिद्याको महा भिडन्त मध्यपस्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि)को आयोजनाको अनुमानित लागत खर्च ५ लाख रुपैयाँ प्रदान गर्नुहुने भएको हो ।
डि टेन ईन्टरटेन्मेन्टका कार्यकारी निर्देशक तथा डान्स आईकन दाङ (डि.आई.डि)का संयोजक बिष्णुकुमार देवकोटाले कार्यक्रमलाई भव्यरुपमा सफल गर्नका लागि वलिले सर्वाधिक रकम सहयोग गर्न लागेको जानकारी दिनुभयो ।
केहि दिनमै जिल्लामा सरोकारवालाहरु बिच पत्रकार सम्मेलन गर्दे सहयोग रकमको सम्झौता पत्र वलिले डि टेन ईन्टरटेन्मेन्ट लाई हस्तान्तरण गर्नुहुने छ । दाङ जिल्लालाई आधार मानेर मध्यपश्चिमका सुर्खेत, नेपालगंज, सल्यान, प्युठान र दाङमा प्रारम्भिक चरणका अडिसनहरु संचालन गरिनेछ ।
अडिसनवाट नृत्य विद्याका प्रतिस्पर्धिहरुलाई छनौट गरी करिब ५ सम्म प्रतिस्पर्धात्मक चरणहरु पस्चात भव्य साँस्कृतिक महोतसवका बिच कार्यक्रमको ग्राण्ड फिनालेको आयोजना गरी बिजेता घोषणा गरिने देवकोटाले जानकारी दिनुभयो । दाङ जिल्लालाई आधार मानेर जिल्लामा मध्यपस्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि) सर्वाधिक ठूलो धनरासिको भएको वताइएको छ ।
प्रथम हुने ले नगद रु. १ लाख ११ हजार एकसय एक रुपैयाँ पाउने छन् भने ५ वटा म्युजिक भिडियोहरुमा मोडलिङ्ग गर्ने अवसर, मोबाईल सेटहरु,आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने छन् । प्रतिस्पर्धा कूल ५ वटा बिद्याहरुमा हुनेछ जस अनुसार फस्ट रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाईस अवार्ड र जज च्वाईस अवार्ड समेत समावेश गरिने छ ।
बिजेता हरुलाई कुनै न कुनै उपहारको साथमा आकर्षक मेडल,प्रमाण पत्रले बिभुषित गरिने छ । यसै बिच कार्यक्रमलाई भव्यताका साथमा सफल पार्नका लागि दशे तथा बिदेश बाट सहयोगको प्रतिबद्धता आउने क्रम जारी रहेको छ । कार्यक्रमलाई पत्रकार सम्मेलन मार्फत औपचारिक रुपमा सुभारम्भ गरिने देवकोटाले जानकारी दिनुभयो ।।