इन्द्रेणी संवाददाता
घोराही, २९ बैशाख
दाङको स्यूजा गाबिसको भवनमा फेला परेको १४ वटा सकेट बम आज नेपाली सेनाले डिस्पोज गर्दैछ । बोझपोखरामा रहेको गाबिस भवनको एउटा कोठामा १४ वटा सकेट बम फेला परेको थियो । कोठा सफा गर्ने क्रममा उक्त बम सहित माओबादीका व्यानरहरु फेला परेको प्रहरीले जनाएको छ ।saket

टिनको बाकस भित्र बम फेला परेको हो । द्धन्द्धको समयमा उक्त गाबिसमा माओबादीहरु बसेको र त्यही बेला छोडेका बम, कागज पत्र र व्यानरहरु रहेको जिल्ला प्रहरी कार्यालय दाङका दाङका प्रहरी नायव उपरिक्षक प्रकाशराज शर्माले जानकारी दिनुभयो ।

बम फेला परेको खबर पाउन साथ दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायत सहितको टोलीले घटनास्थलमा पुगी जानकारी दिएको छ । प्रहरी प्रमुख कडायत हिजो नै स्युजा घोराही फर्सि सक्नुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यहा इलाका प्रहरी कार्यालय कमिरेचौरका प्रहरी इन्चार्ज सईको कमाण्डमा ४ जना प्रहरी सुरक्षार्थ खटिएका छन । आज नेपाली सेनाको बम डिष्पोजल टोली जाने प्रहरी प्रमुख कडायतले जानकारी दिनुभएको छ । जनसरकार लेखिएका व्यानरहरु फेला परेको छ ।।