घोराही, २८ बैशाख
पाण्डवेश्वरी यातायात प्रालिले जेष्ठको दोस्रो हप्तावाट आफ्नो सवै सेवा शुरु गर्ने जनाएको छ । घोराही भैरवा, वुटवल, सुपादेउराली, नेपालगन्ज, स्वर्गद्धारी र दाङ भ्याली भित्र आफ्नो सेवा संचालन गर्ने जनाएको छ । feature
प्रालीका अध्यक्ष सरोज शाहले दिएको जानकारी अनुसार सोमवार मात्रै ३ ओटा साना हुण्डिईकार भित्र्याएको छ । वाँकी ७ ओटा  १० सिटे टाटा सुमो अवको एक हप्ता दाङ ल्याउने तयारी भईरहेको शाहले जानकारी दिनुभयो ।

पाण्डवेश्वरी यातायात प्रालीका अध्यक्ष शाहले भ्याली भित्र र भ्याली वाहिरका लागि साना ठुला सवारी साधनवाट सेवा प्रदान गरिने छ । कालो न. प्लेट अर्थात रिर्जवका सेवाका लागि साना तथा ठुला सवारी संचालन गर्ने प्रालिले जनाएको छ ।।