दाङ, २८ बैशाख
विप्लव माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङले आज देउखुरीको लमहीमा  वडास्तरीय भेला सम्पन्न गरेको छ । महिला जनजागरण अभियान अन्तर्गत आज लमही नगरपालिका ५ टिकुलीगढमा वडास्तरीय भेला गरेको संघले जनाएको छ । mahila
भेलाले राजकुमारी चौधरीको अध्यक्षतामा ३० सदस्यीय वडास्तरीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा आरती चौधरी, सचिवमा आरमति चौधरी र कोषाध्यक्षमा राजकुमारी चौधरी रहनुभएको छ । अखिल नेपाल महिला संघका जिल्ला सदस्य साउनी चौधरीको अध्यक्षता तथा जिल्ला अध्यक्ष जानकी चौधरी विशेष उपस्थितिमा भेला भएको हो ।

भेलामा अध्यक्ष दहितले महिलाहरुलाइ प्रशिक्षण दिनुभएको थियो । भेलाको सहजीकरण जिल्ला सदस्य प्रभा चौधरीले गर्नुभएको थियो । यसअघि पुरन्धारा, बाघमारे र पञ्चकुलेमा गाविसस्तरीय महिला कमिटी गठन गरेको छ ।।