इन्द्रेणी संवाददाता
दाङ, २८ बैशाख
नेपाल होटेल तथा रेष्टुरेष्ट महासंघ नेपालका सस्थापक अध्यक्ष माधवकुमार नेपालले होटेल व्यवसाय व्यवस्थित र मर्यादित रुपले सन्चालन गर्न व्यवसायिहरुलाइ आग्रह गर्नुभएको छ । होटल व्यवसायी संघ दाङले आज घोराहीमा गरेको कार्यक्रममा बोल्दै नेपालले होटेल व्यवसायीहरुले ऐननियमभित्र रहेर आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने वताउनुभएको हो । index

केही होटेल व्यवसायिका कारण सिंगो होटेल व्यवसायको नै बदनाम हुने गरेको भन्दै संस्थापक अध्यक्ष नेपालले त्यस्ता गतिविधिहरुबाट स्वयम व्यवसायिहरु सजक रहनुपर्ने बताउनुभयो । कार्यक्रममा वोल्दै उहाँले प्रादेशिक राजधानी दाङ बन्ने सम्भावना रहेको भन्दै त्यसका लागि होटेल व्यवसायकोस्तरोन्नति हुन  आवश्यक रहेकोमा जोड दिनुभयो ।

होटेल व्यवसायी संघ दाङका अध्यक्ष रुद्रबहादुर डाँगीको अध्यक्षतातामा कार्यक्रम भएको हो । उपाध्यक्ष एकराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघकी सांस्कृतिक सचिव देवकला बस्नेतले गर्नुभएको थियो ।।