दाङ २८ बैशाख ।
नेपाली काग्रेस घोराही नगरपालिका कमिटीले सदस्यता मनोनयन गरेको छ । कमिटीका अध्यक्ष मनोज वुढाथोकीको अधयक्षतामा वसेको वैठकले सर्व सहमतीमा सदस्य मनोनयन गरेको हो ।
जस्को सदस्यहरुमा मदन शाह,शसी गौतम, हेमन्त थापा, वशन्त जोसी र लोकेन्द्र विसी रहनुभएको छ । त्यसै गरेर वैठकले सल्लाहाकार समेत चयन गरेको छ ।जस्मा हर्कवहादुर खत्री, चर्तुमान डाँगी, रामबहादुर कुवर, भुपाल गिरी, नारायण पोख्रेल, तिलक भण्डारी, मदन डिसी, धर्म हमाल, कृष्णप्रसाद गौतम, मिनु गिरी, दुर्लभ केसी रहनुभएको छ ।
वैठकलेघोराही ११ की नेपाली काग्रेसका सक्रिय सदस्य खिमा केसी र नेपाल महिला संघकी क्षेत्रिय प्रतिनिधि विमला घर्तिमगरको असामहिक निधनप्रति शोक व्यक्त गरेको छ । उनीहरुका घरपरिवार जनप्रति समवेदना व्यक्त समेत गरेको सचिव दिनेश अधिकारीले जानकारी दिनुभएको छ ।।