दाङ, २८ बैशाख
घोराही सिमेन्ट उद्योग आसपासका स्थानीयले सवारी व्यवस्थापन सहज बनाउन माग गर्दै उद्योगलाई ज्ञापनपत्र बुझाएका छन् । उद्योगका कारण स्थानीयबासीहरुले भोग्नुपरेको समस्यालाई लिएर समस्या समाधानको माग गर्दै उनीहरुले उद्योगलाई ज्ञापनपत्र बुझाएका हुन ।
सुनौलो टोल सुधार समिति र आदर्श महिला समूहको अगुवाईमा करिब २ सय स्थानीयहरुको सहभागितामा ज्ञापनपत्र बुझाएको हो । लक्ष्मीपुर ६ भानपुर चोक क्षेत्रमा सवारी साधन पार्किङ नगर्न, उद्योगको मुख्य गेटको छेउँमा रहेका ट्रान्सपोर्टलाई व्यवस्थित गर्न स्थानीयले माग गरेको छन ।
यसैगरी, प्रत्येक दिन बिहान ८ बजेदेखि साढे १० बजेसम्म र साँझ ३ देखि ५ बजेसम्म स्कुले विद्यार्थी हिड्नुपर्ने भएकाले उद्योगका मालबाहक गाडीहरु सञ्चालन नगर्न माग गर्दै उद्योगका साथै प्रहरी पोष्ट गोग्लीलाई ज्ञापनपत्र बुझाएको स्थानीय धिरज घिमिरेले जानकारी दिनुभयो ।।