रेखा मगर
दाङ, २८ बैशाख
घोराहीको व्यस्त सडक तुलसीपुर चोकमा छाता ओढेर काफल वेच्न वस्नुभएको थियो, घोराही नगरपालिका ६ की कुमारी विक । चर्को घाम, मानिसहरुको वाक्लो उपस्थिती अनी छातामुनी वसेकी कुमारी विक माना र गिलाशमा काफल राखेर वेच्दै हुनुुहुन्थ्यो ।kafal
वर्षको एकपटक फल्ने तर सवैलाइ मिठो लाग्ने काफल दाङका वजारमा पनि उपलव्ध हुने गरेको छ । सिजन अनुसार पाइने काफल गाउबाट विहान सवेरै उठेर बजारमा ल्याइ सकेका हुन्छन दाङको सैघा, स्युजा अनी रोल्पाका होलेरी, सैवाङ र मसिनाका महिला तथा वालवालिकाहरु ।

काफल ल्याउनेमा अधिकाश ग्रामिण भेगका महिला तथा वालवालिका रहेका छन । उनीहरु डोको, छिटुवा जस्ता वाँसले वुनेका सामाग्रीमा काफल वेच्न वजार आइपुग्छन । दाङको सदरमुकाम घोराही आसपासका स्थानीय महिला र रोल्पाका केहि महिलाहरु आफनो खर्च जुटाउन घोराही वजारमा काफल वेचिरहेका हुन्छनज ।

काफ वेच्ने महिलाहरु जंगलमा त्यसै खेर जाने काफल टिपेर वजारमा विक्रि गरेर पैसा कमाउन यहाँसम्म आएको वताँउछन । आफुले कमाएपछि आवस्यक परेको वेलाघर खर्च चलाउन र आफुसंग पैसा राख्न सकिने ताउनुहुन्छ कुमारी विक । यस्तै घोराहीको रझेना चोकमा वसेर छिटुवा र नांलीमा केहि काफल राखेर वेच्न वस्नुभएको छ सविना राइ । दिनमा एक हजारदेखि १५ सय रुपैया सम्मको काफल वेच्ने गरेको उहाँ वताउनुहुन्छ  ।

यो गर्मीमा यसरी सडकको किनारमा वसेर काफल वेच्नु उनीहरुको रहर नभएर आर्थिक उपार्जनको एउटा माध्यमहो । जीवन जिउनगाह्रो छ त्यसका लागी पैसा अत्यावश्यक छ । आफुलाइ त्यसै फुर्सदमा नराख्न र आम्दानीको वाटो खोज्न काफल वेन्ने कामले सहयोग पुगेको वताउनुहुन्छ सविना राइ ।

केहि महिलाहरु रोजगारी गर्दै आफुलाइ सक्षक वनाउन थालेका छन भने केहि महिलाहरु फुर्सदमा सिजन प्यावार गरेर आर्थिक पक्ष सुधार्न लागि परेका छन । गाँउघरमा त्यसै खेर जाने काफल वेचेर आम्दानीको स्रोत पहिल्यानु सकारात्मक कुरो हो । अव राइ र विकमात्र होइन हरेक महिला आफ्नो आम्दानीको स्रोत खोज्दै परिश्रमी वन्नु पर्छ । आज थोरै पसिना वगाँउदा भोलीसहज हुन्छ भने आज दुख किन नगर्नु ? अव महिला शशक्तिकरणका कुरा, भाषण र घरवाहिर मात्रैले अर्थ छैन त्यसका लागी आर्थिक पक्ष सवल हुन जरुरी छ ।।