pushpa-kamal-dahal-prachanda_650x400_81468312367काठमडौ २९ असोज ।  ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच मुलुकले अन्तराष्ट्रिय सम्बन्ध र आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरेको ‘ब्रिक्स राष्ट्र’ फोरम स्थापनापछि निकै सक्रिय रहेकाले यस्ता संगठनबाट कसरी फाइदा लिने भन्नेमा नेपाल केन्द्रित हुनेछ ।

खासगरी यस क्षेत्रका बौद्धमार्गी मुलुकबीच बुद्धिस्ट सर्किट र कनेक्टिभिटीमा नेपालले जोड दिने योजना बनाएको छ । बिमस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा आतङ्कवाद नियन्त्रण गर्ने र वातावरण परिवर्तनका असरलाई सम्बोधन गर्ने, प्राकृतिक प्रकोप व्यवस्थापन गर्ने, सदस्य राष्ट्रबीच सम्पर्क सञ्जाल विस्तार गर्ने, कृषि, ऊर्जा, व्यापार, प्रविधि, पर्यटन एवम् गरिबी निवारणजस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने एवम् जनस्तरको सम्बन्ध प्रगाढ गर्ने सम्बन्धमा छलफल हुनेछ । नेपालले भुपरिबेष्ठित राष्ट्रका समस्यालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

पाकिस्तानमा हुने तय भएर स्थगित भएको सार्क शिखर सम्मेलनबारे पनि गोवामा छलफल गरिने भएको छ । छलफलमा आगामी शिखर सम्मेलन कहाँ र कहिले गर्ने विषयमा अनौपचारिक कुरा हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषी अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार भारत र पाकिस्तान दुवैलाई मान्य हुने गरी नयाँ मिति र स्थान तोक्ने विषयमा दुई पक्षिय तथा बहुपक्षिय छलफल हुने छ ।