garamin

काठमडौ २९ असोज ।  आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, प्रत्येक वर्षको अक्टोबर १५ का दिन यो दिवस विश्वभर मनाउने गरिएको छ । सन् २००७ मा संयुक्त राष्ट्रसंघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि विश्वभर यो दिवस मनाउन लागिएको हो ।

राष्ट्रसंघका अनुसार विश्वको जनसंख्याको एकतिहाई हिस्सा ग्रामीण महिलाको रहेको छ । ४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरको रुपमा काम गर्ने गरेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ ।

नेपालमा २०६८ को जनगणनाअनुसार झण्डै ५२ प्रतिशत महिला छन् । ती मध्ये ग्रामीण महिलाको संख्या अधिक छ । विश्वका हरेक देशले ग्रामीण महिलालाई समान अवसर दिन सके मात्र सन् २०३० सम्मको दीगो विकास लक्ष्य हासिल हुन सक्ने राष्ट्रसंघको भनाइ छ ।