krishna_bahadur_mahara

रोल्पा २९ असोज ।  उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महरा मन्त्री बने पछि पहिलो पटक गृह जिल्ला रोल्पा आउन लाग्नुभएको छ । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका महराले भोली सदरमुकाम लिबाङमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नुहुने माओवादी केन्द्र रोल्पाले जानकारी दिएको छ ।

साथै महराले रोल्पाका सरकारी कार्यालयका प्रमुखहरुसंग छलफल तथा निर्देश नदिने , रोल्पामा क्रियासिल राजनीतिक दलहरुसँग अन्तरक्रियालगायतका कार्यक्रममा सहभागी जनाउनुहुनेछ ।