dashain-apriya

तुलसीपुर २९ असोज ।  दाङमा यस वर्षको दशै शान्तिपुर्ण बाताबरणमा सम्पन्न भएको छ । यस वर्षको दशैंमा बिगतका बर्षहरु जस्ता कुनै पनि अपृय घटना नघटेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । अघिल्लो बर्षको दशैमा एउटा कुटपिटको घटना भएको थियो भने अन्य सामान्य छुटपुटका घटना घटेका थिए तर यस वर्षको दशैंमा त्यस्ता कुनै घटना नघटेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता शन्तोष रोकाले जानकारी दिनुभएको छ ।

यस बर्ष केही सामान्य सवारी दुर्घना वाहेक कुनै पनि दुर्घना नभएको हुदा यस वर्षको दशैं शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको मान्न सकिने इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । अघिल्लो वर्षको दशैंमा हात्तिखौवामा खुकुरी प्रहारको घटना घटेको थियो भने यस वर्ष कुनै पनि त्यस्ता खालका घटना नघटेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले देखाएको तदारुक्ता र संचार माध्यमले प्रहरी सेवा, नियम र सन्देशका वारेमा दिएको सचेतनाका कारण अपृय घटना नघटेको प्रवक्त रोकाले वताउनु भयो । रोकाका अनुसार इलाका प्रहरी कार्यालयले दशैं अगाडी दशैंमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै माइकिङ गर्ने गरेको, समयमा ड्युटी खटिने गरेका कारण अपृय घटनामा कमी आएको हो । त्यसैगरी सञ्चार माध्यमले पनि विभिन्न खालका वहस, समाचार, सुचना मार्फत सचेतना दिने गरेका कारण पनि घटनामा कमी आएको जनाइएको छ ।