वीरगन्ज, २८ असोज । भारत र पाकिस्तान बीच तनाव बढेपछि भारतीय पक्षले फेरी नेपाल भारत सीमाको दशगजा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
पाकिस्तान संगको तनाव उत्कर्षमा पुगेपछि खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गरेको जनाएकोछ ।
नेपाल भारत सीमामा पर्ने प्रमुख नाका तथा सहाएक नाका हरुमा भारतीय पक्षले कडाइ गरेको हो । दशजगा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बिरामी बोकेको तथा जन्ती बोकेका गाडी बाहेकका सम्पूर्ण गाडी आवतजावतमा रोक लगाएको छ भने पैदल यात्रीलाई समेत निगरानीमा राखेको सशस्त्र प्रहरी निरीक्षक बरालले बताए ।
भारतीय सुरक्षा निकायले सीमा नाकामा उच्च सतर्कता अपनाएपनि यसले नेपाल भारतको सम्बन्धमा कुनै असर नपर्ने सुरक्षा निकायको दाबी रहेको छ ।
