दाङ, असोज २८ । नेकपा एमाले दाङले भोलि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । विजया दशमी, दीपावली, छट र नेपाल सम्वतको अवसरमा भोलि बिहान ११ वजे जिल्ला पार्टी कार्यालय भरतपुरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको जिल्ला अध्यक्ष टीकाराम खड्काले जानकारी दिनुभयो ।

UML & mao.jpgहरेक वर्ष गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिँदै शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको भन्दै अध्यक्ष खड्काले कार्यक्रमलाई सम्बोधन गर्न केन्द्रीय नेताहरु आउन लागेको जानकारी दिनुभयो । यसैबीच शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थितिका लागि एमाले दाङले सबैमा अनुरोध गरेको छ ।

जिल्ला अध्यक्ष टीकाराम खड्का र सचिव हिराचन्द्र केसीले आज एक प्रेस विज्ञप्ति जारी गरी कार्यक्रममा उपस्थितिका लागि जिल्लाका पार्टीका नेता, कार्यकर्ता, राजनीतिक दल, उद्योगी, व्यवसायी, पत्रकार, बुद्धिजीवी, पार्टीका पार्टी संगठन सबैलाई अनुरोध गर्नुभएको छ ।